छुवाछुत प्रथा हटाउन कस्सिए जय किशन, विश्वराम र दिपा

काठमाडौ, पुस १, | तेजनेपाल


गायक विश्वराम कार्किको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीत संगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई बिश्वराम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक कार्कीसंगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण के सि, दिया लामा लगायतको अभिनय रहेको छ ।
समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश सहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छांयाकन प्रकाश खडका, सम्पाडण मिलण विश्वकर्माको रहेको छ।
गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाईसकेको छ भने सोही गीतको सिक्वेल पनि छिट्टै बजारमा आउने कुरा पनि गायक कार्कीले तेजनेपाललाई जानकारी गराए ।
https://youtu.be/DgpsYa6gVLA?si=F7vukMOXm77rfnJP

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *