
मसिर १२, २०८१
तेजेनेपाल
काठमाडौं, पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो ।
शंकर अधिकारी ‘घायल’को गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत, संजय हमालको एरेन्ज, गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग, अजय अधिकारीको रेकर्डिङ, बिमल ढकालको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ललित सिंह साउदको सम्पादन रहेको छ भने मदन न्यौपानेको मेकअप रहेको छ ।
गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल युआर म्युजिकबाट रिलिज गरिएको छ ।
तिम्रो आकर्षणले, आँखामा निद, नघोच यो छाती, तिमीलाई नै लगायत २ दर्जन भन्दा बढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा काफ्लेको यो हावा चंचल हुन्छ, खतरा होला नि, मायाले लगायतका आधा दर्जन बढि गीतहरु बजारमा आउने क्रममा रहेका छन ।
https://youtu.be/PZIgQxCpHMg?si=X0s1g8nRncSH7PuY