सुरेन्द्र बसेलको निर्देशनमा डन्सिङ दोहोरी ‘वरलाई पिपलु’ सार्वजनिक

काठमाण्डौ

गायक अमरदिप बि सि र गायिका देवि घर्ती मगरको समधुर आवाजमा नेपाली लोक दोहोरिमा अलि फरक खालको डान्सिङ्ग नम्बर ‘वरलाई पिपलु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रचनाकार शिव सुबेदिको शब्द रचना तथा लय संगीत रहेको गीत वान डि बि एच डि स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा कृष्ण के.सि.को एरेन्ज, बिमल क्षिनाल र राजु सुनाम रेकर्डिस्ट हुन भने मिक्सिङ एच बि एन किस्मतले गरेका हुन ।

५०० भन्दा बढी म्युजिक भिडियोमा कोरियोग्राफीको अनुभव बटुलिसकेक कुशल कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको भिडियोमा गजित बिष्ट, उमेश कुमार बराल, जेबिका कार्की, कबिता न्यौपाने, सुरक्षा इटनी, सुस्मिता कुवरको मुख्य भुमिका रहेको छ भने विशेष भुमिकामा गम्भीर बिष्ट र सुमन ज्योति न्यौपाने “ल्याङ्ग्री दादा”को समेत अभिनय रहेको छ । देब दोर्जे लामाको छांयाकन, राकेश दहालको सम्पादनमा रहेको भिडियोमा स्वेता मगर र प्रिया नगरकोटिको मेकअप रहेको छ भने बिश्व यु के इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित भिडियो जे एम डि कृयशन युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *