काठमाडौं– शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन–३ को मंगलवार मध्यराति सम्पन्न ग्राण्ड फिनालेमा नौ जना विजेताहरु घोषणा भएका छन् । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित शान्त, भव्य तथा मर्यादित रुपमा सम्पन्न ग्राण्ड फिनाले समारोहबाट नौ जना विजेताहरु घोषणा गरिएको हो । मिसेज भोग नेपाल सीजन ३ को ग्राण्ड फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धिहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रकृया, प्रि–जजिङ राउण्ड तथा प्रतिस्पर्धिहरुले प्राप्त गरेको प्रँप्ताङ्कको आधारमा छ जना विजेता घोषणा गर्ने आयोजक संस्थाको योजना थियो । आयोजक संस्थाले जनाए अनुसार प्रतिस्पर्धिहरुको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समपर्णलाई मध्यनजर तथा मूल्यांकन गर्दै प्रतिस्पर्धिहरुलाई विशेष सरप्राइज दिँदै कुल नौ जना विजेताहरु घोषणा गरिएको हो । उक्त सरप्राइज घोषणाले स्टेज तथा दर्शकदीर्घा दुई ठाउँमा खुशी, उत्साह तथा तालिको माहौल सिर्जना भएको थियो । मिसेस भोग नेपाल सीजन–३ का उपाधि विजेताहरु मिसेस भोग नेपाल ग्राण्ड २०२६: प्रतिक्षा थापा मिसेस भोग नेपाल यूनिभर्स २०२६: प्राचि तोमर मिसेस भोग नेपाल वर्ल्ड २०२६: किमी चौलागाई मिसेस भोग नेपाल अर्थ २०२६: कविता ढकाल मिसेस भोग नेपाल ग्लोबल २०२६: कोमल नेपाली मिसेस भोग नेपाल टुरिजम २०२६: ऋचा रानी राम क्लासिक मिसेस भोग नेपाल विजेता क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६: श्रीनु श्रेष्ठ क्लासिक मिसेस भोग यूनिभर्स २०२६: ज्योती कुर्मी क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६: सम्झना फूयाल ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धिहरुले विभिन्न सिक्वेन्सहरुमा र्याम्प वाक गर्दै विभिन्न डिजाइनहरुका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरनहरु प्रदर्शन गरेका थिए । ती सिक्वेन्सहरुले प्रतिस्पर्धालाई अझै गरिमामय तथा भव्य बनाएको थियो । कार्यक्रममा ब्राण्ड एड्भोकेटहरु श्रीजा श्रेष्ठ, गिता गुरुङ तथा डा. सुमी मल्लको उपस्थिति तथा र्याम्प वाकले यो प्रतियागिता अझै विशेष बनेको थियो । त्यस्तै, अघिल्लो सीजनका विजेताहरु सञ्जु श्रेष्ठ, रुथ सिवाकोटी तथा श्वेता बज्राचार्यको उपस्थितिले ग्राण्ड फिनाले समारोहको शोभा बढेको आयोजक संस्थाको भनाइ छ । ग्राण्ड फिनालेमा शोस्टपरको रुपमा एलिजे जमालीले आफ्नो शालिन तथा आत्मविश्वासी वाकमार्फत समारोहलाई थप सुन्दर तथा स्मरणीय बनाएकी थिइन् । समग्रमा मिसेस भोग नेपाल सीजन ३ को यो ग्राण्ड फिनाले अत्यन्त सफल, व्यवस्थित तथा स्मरणीय बनेको प्रतिस्पर्धि, निर्णायक, प्रायोजक, अतिथि तथा उपस्थित दर्शकको सकारात्मक प्रतिक्रियाबाट पुष्टि भएको आयोजक संस्थाले जनाएको छ ।







