काठमाडौं, असोज २६ । तेज नेपाल

प्राकृतिक विपत्तिका कारण आफन्त गुमाएका तथा घरबारविहीन बनेका परिवारको पीडा समेटिएको नयाँ नेपाली पर्वगीत ‘क्यालेण्डरमा दशैं’ सार्वजनिक भएको छ। अमन एकल (रामकृष्ण पाण्डे) र अस्मिता रसाईलीको स्वर रहेको गीतले दशैं पात्रोमा आए पनि विपत्तिमा परेका परिवारको जीवनमा खुसी फर्किन नसकेको यथार्थ प्रस्तुत गरेको छ।

गीतका शब्द तथा संगीत संकलन अमन एकलको रहेको छ भने थेगो रामशरण पाण्डेको छ। एरिका डिजिटल, सामाखुसीमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।

भिडियोमा उमेश कार्की यूके, रश्मी धमला, अमन एकल, अस्मिता रसाईलीलगायत कलाकारको अभिनय रहेको छ। रामशरण पाण्डेको छायांकन तथा उमेश कार्की यूकेको निर्देशन र सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन साझा क्रिएसन प्रा.लि.ले गरेको हो।

चाडपर्वको खुसीसँगै प्राकृतिक विपत्तिमा परेका नेपालीको दुःख र संवेदनालाई पनि सम्झनुपर्ने सन्देश बोकेको ‘क्यालेण्डरमा दशैं’ युट्युबमार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *