काठमाडौं, असोज २७ । तेज नेपाल

‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेताले नेपालको प्रतिनिधित्व गर्दै थाइल्य़ाण्डमा आयोजना हुन लागेको एक अन्तर्राष्ट्रिय ब्य़ुटि प्याजेन्टमा सहभागी हुनका लागि सम्पुर्ण टोली थाइल्याण्ड पुगिसकेका छन । थाईल्याण्डमा यहि हप्ता आयोजना हुन लागेको मिसेस एसिया इन्टरनेसनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्दै सामरी इन्टरनेसनल इभेन्ट प्रालि सिइओ भरत सामरी, ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ कि बिजेता सुमित्रा श्रेष्ठ (रोजि), फर्स्ट रनरअप कल्पना प्रसाईं (कामना) र थर्ड रनरअप गंगा न्यौपाने राउत (गम्भीर गंगा) लगायतको टिम थाईल्याण्ड पुगिसकेको जानकारी सामरी इन्टरनेसनल इभेन्ट प्रालि सिइओ भरत सामरीले जानकारी गराउनु भयो ।

सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा श्रावण १६ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ प्रतियोगितामा उपाधि जितेकी सुमित्रा श्रेष्ठ (रोजि) ले ‘ यो अवसर पाएकोमा एकदमै गौरवान्वित भएको र आयोजक, परिवार साथीभाई लगायत सम्पुर्ण आफ्नो शु्भचिन्तकप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहेको कुरा बताईन । गायिका तथा व्यवसायी समेत रहेकि श्रेष्ठले थाइल्यान्डमा हुने मिसेस एसिया इन्टरनेसनल पेजेन्टमा नेपालाई विश्व सामु चिनाउन आफुले सक्दो प्रयास गर्ने र नेपालको लागि खुशीको खबर लिएर आउने कुरा बताईन ।

त्यस्तै फर्स्ट रनरअप कल्पना प्रसाईं (कामना) र सेकेण्ड रनरअप गंगा न्यौपाने राउत (गम्भीर गंगा) ले पनि उक्त कार्यक्रम सहभागीता जनाउदै गर्दा आफुहरुले केहि न केहि रुपमा नेपालको चिनारी र गर्वलाई विश्वसामु अझै उच्च बनाउने बताईन । सामाजिक अभियन्ता समेत रहेकि न्यौपाने एलएलबी अध्ययनरत साथै विभिन्न सघसस्थामार्फत एक शिक्षित तथा सामाजिक रूपमा एक सचेत महिलाको समेत भुमिका निर्वाह गर्दै आएकि छिन ।

नेपालमा आयोजित ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ प्रतियोगिताको आयोजक सामरी इन्टरनेसनल इभेन्ट तथा सामरी ग्रुपका सीईओ भरत सामरीले यस टिमको नेत्रित्व गरिरहेका छन । गायक, र्र्यापर सामजिक अभियन्ता तथा कार्यक्रम आयोजक रुपमा सक्रिय उनले यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु गर्वको कुरा भएको बाकि हारजित भन्दा आफ्नो देशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वसामु चिनाउन पाउनु आफैमा एउटा जितको महसुस भएको बताए । चाडपर्वको बेला आफ्नो परिवार र देशभन्दा टाढा भएपनि देशको लागि गौरवान्वित काम गर्न पाउदा सबै नेपालीसग चाडपर्व मनाईरहेको महसुस भएको पनि बताए ।

सम्पुर्ण प्रतियोगी लगायत सबैलाई सम्पुर्ण नेपालीको तर्फबाट जित हासिल होस भन्ने शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *