Blog


काठमाडौं, जेठ । तेजनेपाल

पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ । यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो । यसमा दिनेश राज पुरीको शब्द रहेको छ ।
स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।
सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा शुधिर श्रेष्ठ, बिना रावत, श्री स्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ । छायाकंन करन चैसीर, सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् । ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

About Tejnepal