Blog

देउखुरी, चैत २७ । तेजनेपाल

गुरुकुल एकेडेमी लमहीले पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्र २०८२ काे याेजना सार्वजनिक गरेकाे छ । विद्यालयले शिक्षालाई व्यवहारिक, जीवनमुखी र समाजसँग जोड्ने उद्देश्यका साथ नयाँ योजना अघि सारेकाे जनाएकाे छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा घिमिरेले विद्यालय स्थापना शिक्षालाई जीवनमुखी बनाउने, पूर्ण मानव निर्माण गर्ने, परम्परा र प्रविधिकाे संगम गराउने, समावेशी र गुणस्तरीय शिक्षा दिने उद्देश्यले गरिएको जानकारी दिनुभयाे । उहाँका अनुसार अब लमहीमै कक्षा ९ सम्मकाे पढाइ सञ्चालन गरिनेछ ।

कार्यक्रममा प्रधानाध्यापक सुरज खनालले विद्यालयले स्थापना भएको एक वर्ष पूरा गरिसकेको जानकारी गराउँदै पहिलो शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गरिएको बताउनुभयो । उहाँले शिक्षालाई मात्र सेताे ह्वाइटबाेर्ड र मार्करमा सीमित नराखी व्यवहारिक सिप, सामाजिक ज्ञान र नेतृत्व क्षमताकाे विकासमा जाेड दिइएको बताउनुभयो । विद्यालयले आत्मनिर्भर, नेतृत्वशील र सामाजिक उत्तरदायित्व बोेेकेका विद्यार्थी उत्पादन गर्न सफल भएकाे खनालले दाबी गर्नुभयाे ।

मन्टेश्वरी, प्ले ग्रुपदेखि कक्षा ९ सम्म अध्ययन गरिने विद्यालयले सन् २०८२ को शैक्षिक सत्रमा विद्यार्थीको संवेगात्मक विकासमा जाेड दिने बताइएको छ ।

मन्टेश्वरी संयाेजक काजल न्याैपाने र विद्यालय संयाेजक एलिसा शर्माले सिकाइकाे वातावरण उत्साहजनक रहेकाले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न विद्यालय सफल भएकाे धारणा राख्नुभयाे ।

शैक्षिक निर्देशक अपर्णा घाेषले विद्यालयमा नैतिक शिक्षालाई विशेष प्राथमिकतामा राखेर कार्य भइरहेको बताउनुभयो । विद्यालय सञ्चालक समितिका सदस्य कमलजंग सिंह ठकुरीले मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रमकाे सहजकिरण विद्यालयका व्यवस्थापक सतिस पौडेलले गर्नुभएकाे थियाे ।

About Tejnepal