काठमाडौं ४ जेठ । नेपाल चलचित्र कलाकार संघको आइतबार अर्थात जेठ ३ गते सम्पन्न २१ औं साधारणसभा तथा निर्वाचनमा अभिनेत्री संघको कोषाध्यक्ष पदमा अत्याधिक मतले बिजयी हुनु भएको छ । उहाँले उत्तम केसी प्यानलबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको थियोे । उहाँका प्रतिव्दन्दी खश्बु खड्का र पबित्रा आचार्यलाई पराजित गर्दै बिजयी हुनु भएको हो ।
अभिनेत्री तेजुला खतिवडाले द मोष्ट वाण्टेड, रक्की, भुल्नै सकिन, जष्ट फर यु जस्तो व्यवसायिक रुपले सफल मानिएको चलचित्रमा नायिकाको भुमिका निर्भा गरिसक्नु भएको छ भने दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ ।
आफ्नो बिजयसंगै संघको आर्थिक पक्षलाई थप पारदर्शी, अनुशासित र दिगो बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउन हुने तेजुलाले कलाकारहरूको हक–हित, आर्थिक अवस्था सुरक्षित गर्दै संघको कोषलाई प्रभावकारी र उत्तरदायी ढंगले सुचारु तथा सञ्चालन गर्न आफुलाई अत्याधिक मतले विजय गराउनु हुने सम्पूर्ण मतदाता सदस्यज्यूहरु प्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।


