काठमाडौं, कार्तिक ३ । तेज नेपाल
गायक तथा संगीतकार थुमन शर्मालाई मातृशोक परेको छ। उनकी ममतामयी आमा गोमा देवी ढकालको हिजो राती कार्तिक २ गते निधन भएको हो।
आमाको निधनले गायक तथा संगीतकार शर्मा र उहाँको परिवार शोकमा डुबेको छ। यस दुःखद घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारलाई यो असह्य पीडा सहन गर्ने शक्ति प्रदान गरून्।
स्वर्गीय गोमा देवी ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली!
