चैत २०, काठमाडौँ | तेज नेपाल
पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल दुवैमा समान १५ रुपैयाँले मूल्य बढाएको जनाएको छ।
निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १७२ रुपैयाँ कायम भएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र मध्यपूर्वमा जारी युद्धलाई मूल्य बढाउनुको मुख्य कारण बताएको छ। इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा निगमलाई प्रत्येक पन्ध्र दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ।







