सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने

भक्तपुर, चैत्र १० । तेज नेपाल

सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक भक्तपुर जिल्लाभित्रका क्लब, संघ तथा संस्थाहरूलाई चैत १६ गतेभित्र आवश्यक फारम भरी नगर खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आह्वान गरिएको छ। प्रतियोगिताको समय र खेलस्थल भने पछि सार्वजनिक गरिने बताइएको छ।

प्रतियोगितामा विजेता टोलीले रु. ६० हजार, उपविजेताले रु. ३० हजार, तेस्रो हुने टोलीले रु. २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही रु. १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने र खेलकुद क्षेत्रलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

  • Related Posts

    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    यहि वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई…

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    काठमाडौं, वैशाख २ । तेजनेपाल नयाँ वर्षको सुरुवातसँगै काठमाडौं उपत्यकामा वाइफाइ सेवासहितको रात्रिकालीन बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    • By admin
    • अप्रिल 16, 2026
    • 16 views
    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    • By admin
    • अप्रिल 15, 2026
    • 54 views
    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • अप्रिल 14, 2026
    • 13 views
    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    • By admin
    • अप्रिल 14, 2026
    • 243 views
    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    • By admin
    • अप्रिल 12, 2026
    • 38 views
    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

    • By admin
    • अप्रिल 12, 2026
    • 142 views
    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने