ghostwriter deutschland

ग्रामीण र सम्बन्धको कथा बोकेको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

काठमाडौँ, फागुन २७ / तेज नेपाल

नेपाली चलचित्र “परालको आगो” को टिजर सार्वजनिक गरिएको छ।

टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता झनै बढेको छ। चलचित्रमा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपूत मुख्य भूमिकामा रहेका छन्।

‘परालको आगो’ ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षहरूको कथा प्रस्तुत गर्नेछ। चलचित्रको निर्देशन लक्ष्मण सुनार ले गरेका हुन्। यसमा सृजना अधिकारी, किशोर भण्डारी, जैक श्रेष्ठ, सरिता भण्डारी, रेणु नेम्वाङ तथा बाल कलाकार मन्जिल बानियाँ को पनि अभिनय रहेको छ।

हरि ओम सिने मेकर्स को ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा तथा पटकथा सुशील देवकोटा ले लेखेका हुन् भने छायांकन संकल्प भुजेल ले गरेका छन्। नृत्य निर्देशन रामजी लामिछाने ले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्।

कलर ग्रेडिङ कनल कन्वर ले गरेका छन् भने भिएफएक्स समीर मिया र सत्यम राना ले सम्हालेका छन्। टिजर तथा ट्रेलर सम्पादन सहिल खान ले गरेका छन् भने ध्वनि संयोजन मुकेश शाह ले गरेका छन्। निर्माण संयोजन नगेन्द्र घिमिरे ले गरेका हुन्।

चलचित्रमा संगीतको महत्वपूर्ण भूमिका रहेको छ। संगीत संयोजन किरण तुलाधर ले गरेका छन् भने शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपूत को पनि संगीत योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूत ले लेखेका छन्।

कलानिर्देशन प्रतिक चौधरी ले गरेका छन् भने सहायक निर्देशक करण बहादुर सुद हुन्। निर्माता सुल्भी पोखरेल र सत्यम पोखरेल रहेका छन्।

चलचित्रको वितरण अधिकार आरआर फिल्मस् सँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले प्राप्त गरेको छ।

  • Related Posts

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    काठमाडौँ, वैशाख ८ । तेज नेपाल चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय…

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    काठमाडौं, वैशाख ७ । तेजनेपाल काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 22 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 24 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 10 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 38 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 25 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 85 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen