ghostwriter deutschland

कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

काठमाडौँ, वैशाख ८ । तेज नेपाल
चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित एक भव्य समारोहबीच गिरीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि, महानायक राजेश हमा, सदाबहार अभिनेत्री करिश्मा मानन्धर, वरिष्ठ अभिनेत्रीहरू भुवन चन्द, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अभिनेत्री रेखा थापा तथा अभिनेता निखिल उप्रेती लगायतले खादा, फुलमाला, ट्रफी र सम्मानपत्रसहित सम्मान गरेका थिए।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चार दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । चलचित्र पत्रकार संघका निवर्तमान उपाध्यक्ष समेत रहेका गिरीले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँचपास समितिमा रहेर समेत काम गरिसकेका छन् ।
विभिन्न साप्ताहिक पत्रिका, रेडियो, एफएम, तीन राष्ट्रिय दैनिक तथा नेपाल टेलिभिजन हुँदै गिरी पछिल्लो एक दशकदेखि रातोपाटीसँग आबद्ध छन् ।

कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ बाट अनन्त वाग्ले तथा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट जयन सुब्बा मानन्धर सम्मानित भए ।

त्यस्तै स्वर्गीय पत्रकार दिनेश सिटौला स्मृति ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट सुरक्षा भट्टराई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट वैकुण्ठराज पराजुली पुरस्कृत भए । स्वर्गीय पत्रकार दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान २०८३’ बाट सम्मान गरिएको थियो ।

यसैगरी पत्रकार मिलन ढुङ्गेल ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ बाट पुरस्कृत भएका थिए ।

  • Related Posts

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    काठमाडौ, वैशाख ७ । तेजनेपाल फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) समूह ए मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण…

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    काठमाडौं, वैशाख ७ । तेजनेपाल काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 20 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 21 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 7 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 35 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 22 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 82 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen