तेजनेपाल /काठमाडौं, असार १७
आयोजक राष्ट्र मेक्सिकोले फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा उत्कृष्ट प्रदर्शन गर्दै इक्वेडरलाई २–० ले पराजित गरेको छ। घरेलु समर्थकको शानदार साथ पाएको मेक्सिकोले पहिलो हाफमै दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
मेक्सिकोका लागि जुलियन क्विनोनेसले २२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा अनुभवी फरवार्ड राउल जिमेनेजले दोस्रो गोल थपेपछि मेक्सिको २–० ले अघि बढ्यो। दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र मेक्सिकोले सहज जित दर्ता गर्यो।
यस जितसँगै मेक्सिकोले विश्वकपको नकआउट चरणमा करिब ४० वर्षपछि ऐतिहासिक जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब मेक्सिकोले राउण्ड अफ १६ मा इङ्ग्ल्यान्ड र डीआर कङ्गोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
उता, पराजित इक्वेडरको विश्वकप यात्रा यही चरणमा समाप्त भएको छ। हारपछि मुख्य प्रशिक्षक सेबास्टियन बेक्कासेसेले टोलीबाट बिदा लिने घोषणा गरेका छन्।
– Tej Nepal Multimedia
