तेजनेपाल /काठमाडौं, असार १७

विश्वकप २०२६ को रोमाञ्चक यात्रा अब झन् रोचक मोडमा पुगेको छ। हालसम्म क्यानडा, ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स र मेक्सिको ले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अन्य बाँकी स्थानका लागि आज र आगामी खेलहरूमा कडा प्रतिस्पर्धा जारी छ।

राउण्ड अफ ३२ मा उत्कृष्ट प्रदर्शन गर्दै यी टोलीहरूले अन्तिम १६ मा स्थान बनाएका हुन्। विशेषगरी आयोजक राष्ट्र मेक्सिको ले इक्वेडरलाई २–० ले पराजित गर्दै ४० वर्षपछि विश्वकपको नकआउट जित हासिल गरेको छ भने फ्रान्स ले प्रभावशाली खेल प्रदर्शन गर्दै अर्को चरणमा प्रवेश गरेको छ। नर्वे पनि स्टार फरवार्ड एर्लिङ हालान्डको निर्णायक गोलमा विजयी हुँदै अन्तिम १६ मा पुगेको छ।

अब इंग्ल्याण्ड, पोर्चुगल, अर्जेन्टिना, स्पेन, अमेरिका लगायतका टोलीहरू पनि अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धामा छन्। आगामी खेलहरूले राउण्ड अफ १६ को पूरा तस्वीर स्पष्ट पार्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *