ghostwriter deutschland

सुनिल थापा अभिनित अन्तिम चलचित्र ‘राम नाम सत्य’ टीजर सार्वजनिक, विराज भट्ट एक्सन अवतारमा

काठमाडौँ, फाल्गुन २९ । तेजनेपाल

बहुप्रतिक्षित नेपाली फिल्म ‘राम नाम सत्य’ को टीजर सार्वजनिक भएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको टीजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने संकेत दिएको छ।

टीजरमा अभिनेता विराज भट्टको दमदार एक्सन अवतार देख्न सकिन्छ। टिजरमा स्वर्गीय खलनायक सुनिल थापालाई पनि देख्न सकिन्छ । यो चलचित्र नै उनको अन्तिम चलचित्र हो ।

निर्देशक माइकल चन्द को निर्देशनमा तयार भएको यो फिल्म चैत २७ गते प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा विराज, सुनिलसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।

माइकल इन्टरटेन्मेन्ट को व्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमली को लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् भने क्रियटिभ निर्माता मोती कार्की रहेका छन्। लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारी को संगीत रहेको छ। स्क्रिप्ट सल्लाहकारका रूपमा अभिमन्यू निरवी र समय थपलिया रहेका छन्।

निर्देशक माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जन को डीओपी, श्री श्रेष्ठ को एक्सन, बन्दे प्रसाद को सम्पादन र काला चरण को ब्याकग्राउन्ड म्युजिक रहेको छ। टीजर र ट्रेलर साहिल खान ले तयार पारेका हुन्।

फिल्ममा समावेश धागोले बाटेको बोलको गीत पहिले नै सुपरहिट भइसकेको छ। सार्वजनिक भएको टीजरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले गरेको छ।

  • Related Posts

    गायिका मिना राईको महभन्दा गुलियो सार्वजनिक

    काठमाडौ, चैत्र ९ । तेज नेपाल सदाबहार गायिका मिना राई र गायक निर्वाण निश्चल  रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ । भिडियो गायिकाको आफ्नै…

    होमन र माण्डवीको “यो केटि साह्रै राम्री छे”सार्वजनिक

    काठमाडौ, चैत्र ६ | तेज नेपाल गायक होमन रेग्मी र गायिका माण्डवी त्रिपाठीको स्वरमा सजिएको “यो केटी सार्‍है राम्री छे” बोल रहेको गीत सार्वजनिक भएको छ ।गीतको भिडियो नेपाली सांगीतिक…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 22 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 24 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 10 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 38 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 25 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 85 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen