काठमाडौ, चैत्र ६ | तेज नेपाल
गायक होमन रेग्मी र गायिका माण्डवी त्रिपाठीको स्वरमा सजिएको “यो केटी सार्है राम्री छे” बोल रहेको गीत सार्वजनिक भएको छ ।गीतको भिडियो नेपाली सांगीतिक क्षेत्रमा स्थापित संगीतकार, कम्पोजर तथा एरेन्जर बिपिन आचार्यको निर्देशनमा तयार गरिएको हो ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय आचार्यले संगीत, एरेन्ज तथा शब्द सिर्जनामा विशिष्ट पहिचान बनाउँदै आएका छन्। उनका थुप्रै गीतहरूले दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता हासिल गरेका छन्।
काठमाडौँको सामाखुसीमा अवस्थित आफ्नै ‘एम.बी. रेकर्डिङ स्टुडियो’ सञ्चालन गर्दै आएका आचार्यले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि सक्रियता बढाएका छन्। यसअघि पनि केही गीतहरू निर्देशन गरिसकेका उनले पछिल्लो प्रस्तुतिमार्फत आफ्नो निर्देशन क्षमतालाई थप परिपक्व बनाएका छन
भिडियोमा रवि कार्की र आस्विनी शाहीको अभिनय देख्न सकिन्छ। कोरियोग्राफी रवि कार्कीले गरेका हुन् भने सहायक निर्देशकका रूपमा मन्दिप राना रहेका छन्। दिपेन बस्नेतको छायांकन तथा सम्पादन रहेको भिडियोमा कुशल कार्की सहायक छायांकारका रूपमा रहेका छन्। गीतको अडियो उत्पादन आचार्यकै स्टुडियोमा गरिएको हो।
नितु रेग्मीको प्रस्तुतिमा रहेको उक्त गीत ‘Rhythm Homan R’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।









