ghostwriter deutschland

गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी”

काठमाडौ, चैत ६ तेज नेपाल

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने माध्यम र प्लेटफर्म राम्रो बनेको छ । गायिका पुनम बस्याल भन्छिन् मैले अनावश्यक टडकभडक छाडा र कसरी भाइरल या छिटो परिचय बन्छ भनेर त्यस्तो सटकट कहिल्यै सोचिन सधैं मौलिकताको बाटो पछ्याए यसैकारण म पछाडि परे ।

उसो त मलाई केही छिन भाइरल भएर यो क्षेत्र बाट हराउन मन थिएन मौलिकता लाई नै प्राइरिटी दिएर निरन्तर संगीत साधनामा लागीरहे म,मलाई बिपत्तै भाइरल हुनु र चर्चाको भोक कहिल्यै लागेन मेरो गीत सिर्जना सुन्ने जतिपनी दर्शक श्रोता हुनुहुन्छ मलाई माया गरिरहनु भएको छ मलाई यहि प्रयाप्त छ । हालसम्म करिब दुइ दर्जन गीतहरू रेकर्डिङ गरि आफ्नो आवाज दिएकी पुनम

सानै उमेर देखि गीतसंगीत भनेपछि हुरुक्क हुने गर्थिन स्कुले जीवन देखिनै मीठो गाउथिन स्कुल का विभिन्न सांगीतिक कार्यक्रममा गीत गाएर पुरस्कार थाप्दाको खुशी अरुले दिएको हौसला अझै बिर्सिएकी छैनन् । उजेली,कुरा बुझिसके,सुनामी,चलाउ अभियान ,नारायण लगायतका थुप्रै उनले सिर्जना र स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकपि्रयता कमाइसकेका छ्न् ।
भर्खरै मात्र उनै गायिका पुनम र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत नारायण हरिहरी सार्वजनिक भएको छ ।

गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छ्न भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रो मा झुन्डिन सक्ने ओझिला शब्द लाई पुनमले कलेक्सन गरेकी छिन् । पुर्ण संयोग को म्युजिक एरेन्जमा तयार भएको यश भजनको म्युजिक भिडियोलाइ राजु अर्यालले निर्देशन प्रबिण थापाले कोरियिग्राफ हरिस महराले छायांकन त्यसैगरी नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् ।
भजनको म्युजिक भिडियोमा पुनम बस्याल ,फ्रेन्सिअ बस्याल रेखा भट्टराई,शंकर शाही ठकुरी ,प्रमिला गहतराजरेखा भट्टराई साधना अर्याल,लगायतको अभिनय नृत्य देख्न पाइन्छ ।

गीत पुनम बस्याल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गीतको लिंक :

  • Related Posts

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    काठमाडौँ, वैशाख ८ । तेज नेपाल चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय…

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    काठमाडौ, वैशाख ७ । तेजनेपाल फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) समूह ए मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 22 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 24 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 10 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 38 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 25 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 85 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen