काठमाडौं, असार १६ । तेजनेपाल
असार १५ ( धान दिवस ) को अवसर पारेर असारे “पिपलपाते” बोल।रहेको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार मदन सुफिक्स र गायिका रिता कुलुको आवाजमा रहेको मौलिक असारे गीत ” पिपलपाते” Suffix madan official युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मौलिक असारे गीत ” पिपलपाते ” मा लय मदन सुफिक्सको हो भने शब्द अमन एकल राम कृष्ण पाण्डेको रहेको छ । उक्त गीत एरिका डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । बजारमा आईरहेको असारे गीत भन्दा फरक मौलिक असारे गीत पिपलपातेको भिडियोमा अमन एकल राम कृष्ण पाण्डे , राम शरण पाण्डे , केशव अधिकारी , युके कार्की , रिता कुलु , गुराँस थापा रत्न बहादुर नेपाली लगायतको अभियन देख्न पाईनेछ । दर्जन कलाकारहरुको अभिनय रहेको उक्त भिडियो निर्देशन उमेश कार्की युकेले गरेका हुन् ।
गीतले पुनः ६० को दशक तिरै फर्किएर रम्न मद्दत मात्रै गर्दैन अहिलेको पुस्तालाई समेत सहजै जोड्ने काम गरेको छ । झन्डै १२ मिनेट लामो भिडियो हेर्दै गीत सुन्दा मनोरञ्जन त मिल्छ नै संगसंगै आफैं असारे गीत गाउदै रम्दैछु भन्ने आभास समेत हुन्छ ।