राष्ट्रिय समाचार Archives – Tej Nepal https://tejnepal.com/category/news_area/national_news/ ताजा समाचार तुरुन्तै Fri, 27 Mar 2026 21:52:02 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg राष्ट्रिय समाचार Archives – Tej Nepal https://tejnepal.com/category/news_area/national_news/ 32 32 गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%95%e0%a5%8b/ https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%95%e0%a5%8b/#respond Fri, 27 Mar 2026 21:51:15 +0000 https://tejnepal.com/?p=304 काठमाडौ, चैत्र १४ । तेज नेपाल चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक परेको छ । उनका पिता ललित बहादुर वली शुक्रबार तुलसीपुर स्थित आफ्नै निवासको छतमा घाम ताप्न…

The post गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक appeared first on Tej Nepal.

]]>
काठमाडौ, चैत्र १४ । तेज नेपाल

चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक परेको छ । उनका पिता ललित बहादुर वली शुक्रबार तुलसीपुर स्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय वलीको दुःखद निधन भएको हो।

गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन्। उनका अनुसार पार्थिव शरीरलाई अन्तिम दर्शन तथा श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित बाहिनी गेट नजिकै रहेको निजी निवास ‘दिपा–ललित निवास’मा राखिएको छ।

स्वर्गीय ललितबहादुर वली दाङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व थिए। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनले ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) जस्ता कृति प्रकाशन गरेका थिए।

उनका सातवटा गीतहरू रेडियो नेपाल मा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज तथा भजन समावेश छन्। साथै, उनी छोरी कोमल वलीका धेरै गीतहरूमा मोडलिङ समेत गरेका थिए र आफैँ पनि कुशल गायक थिए।

ललित वली दाङका विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए। उनी दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान तथा पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सदस्य थिए। ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित उनको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ समेत स्थापना गरेको छ।

शारीरिक रूपमा गम्भीर रोग नभए पनि उमेरका कारण केही कमजोर रहेका वली केही समयअघि पत्नीको निधनपछि मानसिक रूपमा समेत प्रभावित भएको पारिवारिक स्रोतले जनाएको छ।

The post गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%95%e0%a5%8b/feed/ 0
सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/ https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/#respond Tue, 24 Mar 2026 05:24:13 +0000 https://tejnepal.com/?p=297 भक्तपुर, चैत्र १० । तेज नेपाल सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८…

The post सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने appeared first on Tej Nepal.

]]>
भक्तपुर, चैत्र १० । तेज नेपाल

सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक भक्तपुर जिल्लाभित्रका क्लब, संघ तथा संस्थाहरूलाई चैत १६ गतेभित्र आवश्यक फारम भरी नगर खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आह्वान गरिएको छ। प्रतियोगिताको समय र खेलस्थल भने पछि सार्वजनिक गरिने बताइएको छ।

प्रतियोगितामा विजेता टोलीले रु. ६० हजार, उपविजेताले रु. ३० हजार, तेस्रो हुने टोलीले रु. २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही रु. १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने र खेलकुद क्षेत्रलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

The post सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/feed/ 0
ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न, नायक रविन्द्र खड्का विशिष्ट सम्मानित https://tejnepal.com/school/ https://tejnepal.com/school/#respond Tue, 03 Mar 2026 17:11:18 +0000 https://tejnepal.com/?p=170 काठमाडौ, फागुन १९ । तेज नेपाल नागर्जुन नगरपालिका–१०, स्युचाटारस्थित ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि विशिष्ट नायक तथा नेपाल चलचित्र…

The post ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न, नायक रविन्द्र खड्का विशिष्ट सम्मानित appeared first on Tej Nepal.

]]>
काठमाडौ, फागुन १९ । तेज नेपाल

नागर्जुन नगरपालिका–१०, स्युचाटारस्थित ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि विशिष्ट नायक तथा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा सञ्चालक समिति सदस्य गोपाल प्रसाद कंडेलले गर्नुभएको थियो।

विशेष अवसरमा नायक खड्कालाई विद्यालय परिवारको तर्फबाट विशिष्ट सम्मान प्रदान गरिएको थियो। विद्यालयले कला क्षेत्रमा पुर्‍याएको योगदान र कलाकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको हो।


कार्यक्रममा संस्थापक अध्यक्ष बुद्धि बहादुर के.सी., वर्तमान अध्यक्ष कृष्ण अधिकारी, सञ्चालक समिति सदस्य दीप बहादुर अधिकारी, वर्तमान प्रधानाध्यापक पार्वती कुँवर, शैक्षिक संयोजक रुद्र बहादुर मल्ल तथा अतिरिक्त क्रियाकलाप संयोजक शान्ति कार्कीको विशेष आतिथ्यता रहेको थियो।

सांस्कृतिक कार्यक्रममा हास्य कलाकार तथा जादुगर राजेन्द्र गिरी (गुन्द्रुके), मोडल मिना गिरी, विश्वकै होचा व्यक्ति मनोज गोर्खाली, महेश राई (जोकर) तथा गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठलगायत कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो। उनीहरूको प्रस्तुतीले कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी तथा अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

विद्यालयका प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। साथै शिक्षक तथा अभिभावकहरूको विशेष नृत्य प्रस्तुतीले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। कार्यक्रममा अतिथि कलाकार, शिक्षक, अभिभावक तथा कर्मचारीहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।


कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक शान्ति कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रधानाध्यापक पार्वती कुँवरले शुभकामना मन्तव्य दिँदै विद्यालयका शैक्षिक गतिविधि तथा भावी योजनाबारे प्रकाश पार्नुभएको थियो।

आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि रविन्द्र खड्काले विद्यालयले प्रदान गरेको सम्मानप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतीले आफू निकै प्रभावित भएको बताउनुभयो। विद्यालय नै व्यक्तित्व विकासको आधारस्थल भएको उल्लेख गर्दै भविष्यमा कलाकार बन्न चाहने विद्यार्थीहरूलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठ, शैक्षिक संयोजक रुद्र बहादुर मल्ल, शिक्षक रुपेश कुँवर तथा विद्यार्थीहरूले संयुक्त रूपमा गर्नुभएको थियो।

The post ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न, नायक रविन्द्र खड्का विशिष्ट सम्मानित appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/school/feed/ 0