चलचित्र Archives – Tej Nepal https://tejnepal.com/category/entertainment_/movies_/ ताजा समाचार तुरुन्तै Fri, 22 May 2026 05:38:46 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg चलचित्र Archives – Tej Nepal https://tejnepal.com/category/entertainment_/movies_/ 32 32 कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित https://tejnepal.com/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9a%e0%a4%b2/ https://tejnepal.com/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9a%e0%a4%b2/#respond Fri, 22 May 2026 05:37:45 +0000 https://tejnepal.com/?p=769 काठमाडौँ, वैशाख ८ । तेज नेपाल चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय…

The post कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित appeared first on Tej Nepal.

]]>
काठमाडौँ, वैशाख ८ । तेज नेपाल
चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित एक भव्य समारोहबीच गिरीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि, महानायक राजेश हमा, सदाबहार अभिनेत्री करिश्मा मानन्धर, वरिष्ठ अभिनेत्रीहरू भुवन चन्द, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अभिनेत्री रेखा थापा तथा अभिनेता निखिल उप्रेती लगायतले खादा, फुलमाला, ट्रफी र सम्मानपत्रसहित सम्मान गरेका थिए।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चार दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । चलचित्र पत्रकार संघका निवर्तमान उपाध्यक्ष समेत रहेका गिरीले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँचपास समितिमा रहेर समेत काम गरिसकेका छन् ।
विभिन्न साप्ताहिक पत्रिका, रेडियो, एफएम, तीन राष्ट्रिय दैनिक तथा नेपाल टेलिभिजन हुँदै गिरी पछिल्लो एक दशकदेखि रातोपाटीसँग आबद्ध छन् ।

कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ बाट अनन्त वाग्ले तथा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट जयन सुब्बा मानन्धर सम्मानित भए ।

त्यस्तै स्वर्गीय पत्रकार दिनेश सिटौला स्मृति ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट सुरक्षा भट्टराई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट वैकुण्ठराज पराजुली पुरस्कृत भए । स्वर्गीय पत्रकार दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान २०८३’ बाट सम्मान गरिएको थियो ।

यसैगरी पत्रकार मिलन ढुङ्गेल ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ बाट पुरस्कृत भएका थिए ।

The post कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9a%e0%a4%b2/feed/ 0
कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा https://tejnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%95/ https://tejnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%95/#respond Thu, 21 May 2026 04:47:59 +0000 https://tejnepal.com/?p=626 काठमाडौं, वैशाख ७ । तेजनेपाल काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन…

The post कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा appeared first on Tej Nepal.

]]>
काठमाडौं, वैशाख ७ । तेजनेपाल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएकी छिन् ।
भेटवार्ताका क्रममा मेयर लिसनार्डले काठमाडौं फिल्म फेस्टिवललाई सफल बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
छलफलमा फिल्मसँगै संगीत, साहित्य, फेसन तथा खानालाई समेत सिर्जनात्मक उद्योगका रूपमा विकास गर्ने विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ ।
उक्त भेटमा मोरक्कोको ओउरजाजाते नगरका मेयर सैद अफ्रोख पनि सहभागी थिए । उनीहरूले स्थानीय समुदाय, शिक्षा क्षेत्र र पेशागत सञ्जाललाई जोडेर फिल्म उद्योगलाई थप दिगो र समावेशी बनाउने उपायबारे छलफल गरेका थिए ।

काठमाडौं तथा कान्स दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालका सदस्य रहेकाले यो भेटलाई दुई सहरबीच सांस्कृतिक तथा सिर्जनात्मक सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
फिल्ममार्फत काठमाडौं तथा कान्सबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने प्रयासलाई केन्द्रमा राखेर यो भेटलाई ‘कूटनीतिक सांस्कृतिक आदान–प्रदान’ को संकेतका रूपमा समेत व्याख्या गरिएको छ ।

The post कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%95/feed/ 0
कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी https://tejnepal.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/ https://tejnepal.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/#respond Mon, 18 May 2026 17:45:14 +0000 https://tejnepal.com/?p=423 काठमाडौं ४ जेठ । नेपाल चलचित्र कलाकार संघको आइतबार अर्थात जेठ ३ गते सम्पन्न २१ औं साधारणसभा तथा निर्वाचनमा अभिनेत्री संघको कोषाध्यक्ष पदमा अत्याधिक मतले बिजयी हुनु भएको छ ।…

The post कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी appeared first on Tej Nepal.

]]>
काठमाडौं ४ जेठ । नेपाल चलचित्र कलाकार संघको आइतबार अर्थात जेठ ३ गते सम्पन्न २१ औं साधारणसभा तथा निर्वाचनमा अभिनेत्री संघको कोषाध्यक्ष पदमा अत्याधिक मतले बिजयी हुनु भएको छ । उहाँले उत्तम केसी प्यानलबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको थियोे । उहाँका प्रतिव्दन्दी खश्बु खड्का र पबित्रा आचार्यलाई पराजित गर्दै बिजयी हुनु भएको हो ।
अभिनेत्री तेजुला खतिवडाले द मोष्ट वाण्टेड, रक्की, भुल्नै सकिन, जष्ट फर यु जस्तो व्यवसायिक रुपले सफल मानिएको चलचित्रमा नायिकाको भुमिका निर्भा गरिसक्नु भएको छ भने दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ ।
आफ्‌नो बिजयसंगै संघको आर्थिक पक्षलाई थप पारदर्शी, अनुशासित र दिगो बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउन हुने तेजुलाले कलाकारहरूको हक–हित, आर्थिक अवस्था सुरक्षित गर्दै संघको कोषलाई प्रभावकारी र उत्तरदायी ढंगले सुचारु तथा सञ्चालन गर्न आफुलाई अत्याधिक मतले विजय गराउनु हुने सम्पूर्ण मतदाता सदस्यज्यूहरु प्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।

The post कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/feed/ 0
नेपाल चलचित्र कलाकार संघको चुनावी माहोल तातिँदै https://tejnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98/ https://tejnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98/#respond Thu, 19 Mar 2026 04:19:36 +0000 https://tejnepal.com/?p=270 काठमाण्डौ, चैत्र ५ तेज नेपाल नेपाल चलचित्र कलाकार संघको २१औँ साधारण सभा तथा चुनावी अधिवेशन आउँदो २८ चैतमा काठमाडौंमा हुने तय भएसँगै संघभित्र चुनावी सरगर्मी तीव्र बनेको छ। अध्यक्ष पदका…

The post नेपाल चलचित्र कलाकार संघको चुनावी माहोल तातिँदै appeared first on Tej Nepal.

]]>
काठमाण्डौ, चैत्र ५ तेज नेपाल

नेपाल चलचित्र कलाकार संघको २१औँ साधारण सभा तथा चुनावी अधिवेशन आउँदो २८ चैतमा काठमाडौंमा हुने तय भएसँगै संघभित्र चुनावी सरगर्मी तीव्र बनेको छ।

अध्यक्ष पदका लागि अहिले उत्तम केसी र सबिन श्रेष्ठ बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ। दुवै जनाले औपचारिक घोषणा नगरे पनि आन्तरिक रूपमा लबिङ सुरु गरिसकेका छन्।

यस्तै, वर्तमान अध्यक्ष मोहन निरौला ले परिस्थितिको मूल्याङ्कन गर्दै केही दिनपछि आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका छन्। पूर्व अध्यक्ष रवीन्द्र खड्का ले भने मोहन निरौलाको समर्थन आफूलाई रहेको दाबी गर्दै पुनः अध्यक्षमा उम्मेदवारी दिन सक्ने सम्भावना औंल्याएका छन्।

अन्य पदहरूमा पनि आकांक्षीहरू देखिन थालेका छन्। महासचिव पदका लागि वर्तमान सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल र पूर्व सचिव पनाह अधिकारी बीच प्रतिस्पर्धा हुने देखिएको छ।

सचिव पदमा भने कार्यसमिति सदस्य गोपाल ढकाल ‘छन्दे’ले उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यस्तै, सह–कोषाध्यक्ष पवित्रा आचार्य ले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् भने कार्यसमिति सदस्य रोशन श्रेष्ठ ले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

अधिवेशन मिति नजिकिँदै जाँदा संघभित्रको चुनावी गतिविधि अझै तीव्र र रोचक बन्ने देखिएको छ।

The post नेपाल चलचित्र कलाकार संघको चुनावी माहोल तातिँदै appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98/feed/ 0
ग्रामीण र सम्बन्धको कथा बोकेको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक https://tejnepal.com/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%a3-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%ac/ https://tejnepal.com/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%a3-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%ac/#respond Mon, 09 Mar 2026 17:15:09 +0000 https://tejnepal.com/?p=226 काठमाडौँ, फागुन २७ / तेज नेपाल नेपाली चलचित्र “परालको आगो” को टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता झनै बढेको छ। चलचित्रमा सुहाना थापा, सौगात मल्ल र…

The post ग्रामीण र सम्बन्धको कथा बोकेको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक appeared first on Tej Nepal.

]]>
काठमाडौँ, फागुन २७ / तेज नेपाल

नेपाली चलचित्र “परालको आगो” को टिजर सार्वजनिक गरिएको छ।

टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता झनै बढेको छ। चलचित्रमा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपूत मुख्य भूमिकामा रहेका छन्।

‘परालको आगो’ ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षहरूको कथा प्रस्तुत गर्नेछ। चलचित्रको निर्देशन लक्ष्मण सुनार ले गरेका हुन्। यसमा सृजना अधिकारी, किशोर भण्डारी, जैक श्रेष्ठ, सरिता भण्डारी, रेणु नेम्वाङ तथा बाल कलाकार मन्जिल बानियाँ को पनि अभिनय रहेको छ।

हरि ओम सिने मेकर्स को ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा तथा पटकथा सुशील देवकोटा ले लेखेका हुन् भने छायांकन संकल्प भुजेल ले गरेका छन्। नृत्य निर्देशन रामजी लामिछाने ले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्।

कलर ग्रेडिङ कनल कन्वर ले गरेका छन् भने भिएफएक्स समीर मिया र सत्यम राना ले सम्हालेका छन्। टिजर तथा ट्रेलर सम्पादन सहिल खान ले गरेका छन् भने ध्वनि संयोजन मुकेश शाह ले गरेका छन्। निर्माण संयोजन नगेन्द्र घिमिरे ले गरेका हुन्।

चलचित्रमा संगीतको महत्वपूर्ण भूमिका रहेको छ। संगीत संयोजन किरण तुलाधर ले गरेका छन् भने शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपूत को पनि संगीत योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूत ले लेखेका छन्।

कलानिर्देशन प्रतिक चौधरी ले गरेका छन् भने सहायक निर्देशक करण बहादुर सुद हुन्। निर्माता सुल्भी पोखरेल र सत्यम पोखरेल रहेका छन्।

चलचित्रको वितरण अधिकार आरआर फिल्मस् सँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले प्राप्त गरेको छ।

The post ग्रामीण र सम्बन्धको कथा बोकेको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%a3-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%ac/feed/ 0