मनोरञ्जन Archives – Tej Nepal https://tejnepal.com/category/entertainment_/ ताजा समाचार तुरुन्तै Fri, 22 May 2026 05:38:46 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg मनोरञ्जन Archives – Tej Nepal https://tejnepal.com/category/entertainment_/ 32 32 कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित https://tejnepal.com/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9a%e0%a4%b2/ https://tejnepal.com/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9a%e0%a4%b2/#respond Fri, 22 May 2026 05:37:45 +0000 https://tejnepal.com/?p=769 काठमाडौँ, वैशाख ८ । तेज नेपाल चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय…

The post कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित appeared first on Tej Nepal.

]]>
काठमाडौँ, वैशाख ८ । तेज नेपाल
चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित एक भव्य समारोहबीच गिरीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि, महानायक राजेश हमा, सदाबहार अभिनेत्री करिश्मा मानन्धर, वरिष्ठ अभिनेत्रीहरू भुवन चन्द, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अभिनेत्री रेखा थापा तथा अभिनेता निखिल उप्रेती लगायतले खादा, फुलमाला, ट्रफी र सम्मानपत्रसहित सम्मान गरेका थिए।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चार दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । चलचित्र पत्रकार संघका निवर्तमान उपाध्यक्ष समेत रहेका गिरीले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँचपास समितिमा रहेर समेत काम गरिसकेका छन् ।
विभिन्न साप्ताहिक पत्रिका, रेडियो, एफएम, तीन राष्ट्रिय दैनिक तथा नेपाल टेलिभिजन हुँदै गिरी पछिल्लो एक दशकदेखि रातोपाटीसँग आबद्ध छन् ।

कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ बाट अनन्त वाग्ले तथा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट जयन सुब्बा मानन्धर सम्मानित भए ।

त्यस्तै स्वर्गीय पत्रकार दिनेश सिटौला स्मृति ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट सुरक्षा भट्टराई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट वैकुण्ठराज पराजुली पुरस्कृत भए । स्वर्गीय पत्रकार दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान २०८३’ बाट सम्मान गरिएको थियो ।

यसैगरी पत्रकार मिलन ढुङ्गेल ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ बाट पुरस्कृत भएका थिए ।

The post कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9a%e0%a4%b2/feed/ 0
कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा https://tejnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%95/ https://tejnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%95/#respond Thu, 21 May 2026 04:47:59 +0000 https://tejnepal.com/?p=626 काठमाडौं, वैशाख ७ । तेजनेपाल काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन…

The post कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा appeared first on Tej Nepal.

]]>
काठमाडौं, वैशाख ७ । तेजनेपाल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएकी छिन् ।
भेटवार्ताका क्रममा मेयर लिसनार्डले काठमाडौं फिल्म फेस्टिवललाई सफल बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
छलफलमा फिल्मसँगै संगीत, साहित्य, फेसन तथा खानालाई समेत सिर्जनात्मक उद्योगका रूपमा विकास गर्ने विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ ।
उक्त भेटमा मोरक्कोको ओउरजाजाते नगरका मेयर सैद अफ्रोख पनि सहभागी थिए । उनीहरूले स्थानीय समुदाय, शिक्षा क्षेत्र र पेशागत सञ्जाललाई जोडेर फिल्म उद्योगलाई थप दिगो र समावेशी बनाउने उपायबारे छलफल गरेका थिए ।

काठमाडौं तथा कान्स दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालका सदस्य रहेकाले यो भेटलाई दुई सहरबीच सांस्कृतिक तथा सिर्जनात्मक सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
फिल्ममार्फत काठमाडौं तथा कान्सबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने प्रयासलाई केन्द्रमा राखेर यो भेटलाई ‘कूटनीतिक सांस्कृतिक आदान–प्रदान’ को संकेतका रूपमा समेत व्याख्या गरिएको छ ।

The post कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%95/feed/ 0
आमालाई सुमनको अनुपम उपहार https://tejnepal.com/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%ae-%e0%a4%89%e0%a4%aa%e0%a4%b9%e0%a4%be/ https://tejnepal.com/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%ae-%e0%a4%89%e0%a4%aa%e0%a4%b9%e0%a4%be/#respond Wed, 20 May 2026 14:46:33 +0000 https://tejnepal.com/?p=445 काठमाडौ, जेठ ६ । तेजनेपाल आमाको माया संसारकै सबैभन्दा निष्कलंक, निस्वार्थ र पवित्र सम्बन्ध हो । त्यही आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका…

The post आमालाई सुमनको अनुपम उपहार appeared first on Tej Nepal.

]]>
काठमाडौ, जेठ ६ । तेजनेपाल
आमाको माया संसारकै सबैभन्दा निष्कलंक, निस्वार्थ र पवित्र सम्बन्ध हो । त्यही आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् युवा चलचित्र निर्देशक सुमन दाहालले । विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमनले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित राखेनन्, बरु आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर एउटा अविस्मरणीय उपहार तयार पारे—‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो ।
यो कुनै सामान्य म्युजिक भिडियो मात्र नभएर एउटा छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेमको अभिव्यक्ति हो । परदेशमा रहेर पनि आमाको अनुहार, उनको माया, संघर्ष र त्यागलाई हरेक दिन सम्झिरहने छोराले आफ्नो भावनालाई शब्द, संगीत र दृश्यमार्फत यति सुन्दर ढंगले प्रस्तुत गरेका छन् कि हेर्ने जो–कोहीको आँखा अगाडि आफ्नै आमा उभिन पुग्छिन् । सुमनले आफ्नो पेशा, आफ्नो कला र आफ्नो सिर्जनशीलतालाई आमाप्रतिको सम्मानमा समर्पित गरेका छन् । यही कारण यो म्युजिक भिडियो मनोरञ्जनको माध्यम मात्र नबनेर एउटा असल छोराले आमालाई कसरी सम्मान गर्नुपर्छ भन्ने प्रेरणादायी उदाहरण पनि बनेको छ ।
सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने, भिडियोमा सुमनले अभिनयका लागि बाहिरी कलाकारभन्दा धेरैजसो आफ्नै परिवारका सदस्यहरूलाई वास्तविक भूमिकामा उभ्याएका छन् । त्यसैले भिडियोमा देखिने हरेक दृश्य अभिनयभन्दा बढी यथार्थजस्तो लाग्छ । आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे र कान्छो छोराको भूमिकामा सम्राट दाहालले जीवन्त अभिनय गरेका छन् । युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बाल कलाकारहरू समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई अझ भावुक र जीवन्त बनाएका छन् ।
सायद यही कारणले भिडियो हेर्दा कतै कृत्रिमता महसुस हुँदैन । प्रत्येक दृश्यमा एउटा वास्तविक परिवारको आत्मीयता, प्रेम र सम्बन्धको न्यानोपन झल्किन्छ । आमा एउटा पात्र मात्र नभएर, परिवारको धड्कन पनि हुन् भन्ने भाव भिडियोले अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ । गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन् । शब्दहरूमा आमाको त्याग, संघर्ष, ममता र सन्तानप्रतिको समर्पणलाई यति संवेदनशील ढंगले बुनेका छन् कि हरेक हरफले मुटु छुन्छ । उनले निर्देशनमा पनि भावनालाई प्राथमिकता दिएका छन् । दृश्य संयोजन, कथाको प्रवाह र भावनात्मक उतारचढावले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्छ ।
वरिष्ठ गायक प्रमोद खरेल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरले गीतलाई अझ कर्णप्रिय बनाएको छ । संगीतकार वसन्त सापकोटाले संगीतमार्फत गीतलाई आत्मासम्म पुग्ने शक्ति दिएका छन् । प्राविधिक पक्ष पनि उत्तिकै सशक्त देखिन्छ । संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ÷मास्टरिङ प्रकाश केसीले गीतलाई स्तरीय बनाएका छन् । गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन राजु केसीको रहेको छ । रङ संयोजन रेनिस फागोले गरेका छन् । मेकअप सिर्जा अधिकारीले गरेकी हुन् भने पोस्टर डिजाइन नहाकुल खड्काले गरेका छन् । म्युजिक भिडियोको पोस्ट–प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ ।
तर यी सबै प्राविधिक पक्षभन्दा माथि उठेर दर्शकको मन छुने कुरा भनेको एउटा छोराको भावनात्मक समर्पण हो । आमाको जन्मदिनमा कसैले फूल दिन्छन्, कसैले केक काट्छन्, कसैले महँगा उपहार किनिदिन्छन् । तर सुमनले भने आफ्नी आमालाई समयले पनि मेटाउन नसक्ने उपहार दिएका छन्, एउटा यस्तो सिर्जना, जुन हरेक पटक बज्दा आमाको माया झल्किनेछ, हरेक पटक हेर्दा सन्तानको प्रेम अनुभूति हुनेछ ।
‘आमा’ म्युजिक भिडियो अब सुमन दाहालको परिवारमा मात्रै सीमित रहने छैन । यो हरेक नेपाली छोराछोरीहरूको भावना बन्नेछ । आफ्नी आमालाई माया गर्ने, सम्मान गर्ने र धन्यवाद भन्न चाहने हरेक सन्तानका लागि यो एउटा भावनात्मक कोसेली बन्नेछ । आमाको जन्मदिनमा बजाउन मिल्ने, आमालाई सम्झिँदा हेर्न मिल्ने र आमाको काखको न्यानोपन महसुस गराउने दुर्लभ सिर्जनामध्ये एक बनेको छ यो भिडियो ।
सायद संसारमा सबैभन्दा ठूलो कलाकार त्यही हुन्छ, जसले मानिसको मन छुने कला जान्दछ । र सुमन दाहालले यसपटक त्यही गरेका छन्,—एउटा गीतमार्फत हजारौं सन्तानलाई आफ्नी आमाको सम्झनामा भावुक बनाएका छन् ।

The post आमालाई सुमनको अनुपम उपहार appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%ae-%e0%a4%89%e0%a4%aa%e0%a4%b9%e0%a4%be/feed/ 0
कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी https://tejnepal.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/ https://tejnepal.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/#respond Mon, 18 May 2026 17:45:14 +0000 https://tejnepal.com/?p=423 काठमाडौं ४ जेठ । नेपाल चलचित्र कलाकार संघको आइतबार अर्थात जेठ ३ गते सम्पन्न २१ औं साधारणसभा तथा निर्वाचनमा अभिनेत्री संघको कोषाध्यक्ष पदमा अत्याधिक मतले बिजयी हुनु भएको छ ।…

The post कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी appeared first on Tej Nepal.

]]>
काठमाडौं ४ जेठ । नेपाल चलचित्र कलाकार संघको आइतबार अर्थात जेठ ३ गते सम्पन्न २१ औं साधारणसभा तथा निर्वाचनमा अभिनेत्री संघको कोषाध्यक्ष पदमा अत्याधिक मतले बिजयी हुनु भएको छ । उहाँले उत्तम केसी प्यानलबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको थियोे । उहाँका प्रतिव्दन्दी खश्बु खड्का र पबित्रा आचार्यलाई पराजित गर्दै बिजयी हुनु भएको हो ।
अभिनेत्री तेजुला खतिवडाले द मोष्ट वाण्टेड, रक्की, भुल्नै सकिन, जष्ट फर यु जस्तो व्यवसायिक रुपले सफल मानिएको चलचित्रमा नायिकाको भुमिका निर्भा गरिसक्नु भएको छ भने दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ ।
आफ्‌नो बिजयसंगै संघको आर्थिक पक्षलाई थप पारदर्शी, अनुशासित र दिगो बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउन हुने तेजुलाले कलाकारहरूको हक–हित, आर्थिक अवस्था सुरक्षित गर्दै संघको कोषलाई प्रभावकारी र उत्तरदायी ढंगले सुचारु तथा सञ्चालन गर्न आफुलाई अत्याधिक मतले विजय गराउनु हुने सम्पूर्ण मतदाता सदस्यज्यूहरु प्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।

The post कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/feed/ 0
‘जय बाघभैरब” सार्वजनिक https://tejnepal.com/%e0%a4%9c%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/ https://tejnepal.com/%e0%a4%9c%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/#respond Wed, 25 Mar 2026 09:03:21 +0000 https://tejnepal.com/?p=300 काठमाडौं, चैत्र ११ । तेजनेपाल साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित ‘जय बाघभैरब” म्यूजिक भिडियो सार्वजनिक भएको छ । कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा कीर्तिपुर वडा नं १ को प्रजादबूमा…

The post ‘जय बाघभैरब” सार्वजनिक appeared first on Tej Nepal.

]]>
काठमाडौं, चैत्र ११ । तेजनेपाल

साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित ‘जय बाघभैरब” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा कीर्तिपुर वडा नं १ को प्रजादबूमा म्यूजिक भिडियो बनाउनमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।

कलाकारहरूमा वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ नायिका अर्नेश्वरी शिल्पकार, वरिष्ठ कलाकार श्यामसुन्दर शिल्पकारहरूको प्रमुख अभिनय तथा श्रीराम महर्जन, सूर्यमाया महर्जन, कृष्णमान डंगोल, राजी महर्जन, रुक्षना महर्जन, रमेश मुनिकार, भूमि जोशी, सरोजकुमार महर्जन, राज्य लक्ष्मी महर्जन, सुरजवीर बज्राचार्य, अमोघवीर बज्राचार्य, स्वर्ण मन, आकृती पालिखे, विश्व महर्जन, विक्रम महर्जन, विक्रम खड्गी, चन्दा श्रेष्ठ, श्रुयति शाक्य, आकृती शाक्य, सुभेज्या महर्जन, सबिता महर्जन, राधा श्रेष्ठ, सुबर्न महर्जन, सिरिमाया महर्जन, सर्स्वती शाक्य, भवना पालिखे, सीता श्रेष्ठ, गीता बस्नेत, रीता अवाले, अशोक शाही, भवानी शाही, रमिक श्रेष्ठ, सर्ना महर्जन, संगीता महर्जनको अभिनय रहेको छ । रहेको थियो ।

म्यूजिक भिडियोका गीतकार, रचनाकार, अवधारणा र पटकथा नरेनमान महर्जन हुन् । साे म्यूजिक भिडियाेमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, दिपा महर्जन, रत्न शोभा महर्जन, रानीशोभा महर्जन सरोजकुमार महर्जन लगायतले संयुक्त रूपमा स्वर दिएका छन् । यसका साथै संगीत संयोजकहरू जीवित महर्जन रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ सुरेन्द्र श्रेष्ठ, सुर मेलोडी स्टुडियो गरेको थियो ।

सो म्यूजिक भिडियो बनाउनका लागि आर्थिक सहयोग गर्नेहरू, कलाकारहरु तथा गुँदे दापाः खलः, द्यः ध्वाखाः दापा खलः, मानत्वाः आखा खलः तथा तुंझ्वः दबूझ्वः आखः खलः का सदस्यहरू लगायतलाई खाँदा ओढाएर सम्मान गरिएको थियो ।

The post ‘जय बाघभैरब” सार्वजनिक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%9c%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/feed/ 0
सदाम र श्रृष्टिको ‘काजू किसमिश’ https://tejnepal.com/%e0%a4%b8%e0%a4%a6%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%82-%e0%a4%95/ https://tejnepal.com/%e0%a4%b8%e0%a4%a6%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%82-%e0%a4%95/#respond Tue, 24 Mar 2026 05:03:01 +0000 https://tejnepal.com/?p=294 काठमाडौं १० चैत्र । तेज नेपाल भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र श्रृष्टिको स्वरमा ‘काजू किसमिश.’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, सांज…

The post सदाम र श्रृष्टिको ‘काजू किसमिश’ appeared first on Tej Nepal.

]]>

काठमाडौं १० चैत्र । तेज नेपाल

भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र श्रृष्टिको स्वरमा ‘काजू किसमिश.’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, सांज देवा, संगीत नाजिश, संगीत संगोजन गोलु डीको रहेको छ ।

सप्तरंगी फिल्मको ब्यानरका लागि एम.डी. हुसेन निर्माता रहेको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र संगम शर्माको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर सुरेश पाण्डे, छायाँकार महाफुज अन्सारी, सम्पादक सुवास देवकोटा, निर्देशन रमेश बोगटीको रहेको छ ।

The post सदाम र श्रृष्टिको ‘काजू किसमिश’ appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a4%a6%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%82-%e0%a4%95/feed/ 0
निमा पाख्रिन लामाको ‘रुमाल साटौन’ सार्वजनिक https://tejnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be/ https://tejnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be/#respond Tue, 24 Mar 2026 04:53:31 +0000 https://tejnepal.com/?p=289 काठमाडौं १० चैत्र । तेज नेपाल तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘रुमाल साटौंन’ को भिडियो सार्वजनिक भएको छ ।…

The post निमा पाख्रिन लामाको ‘रुमाल साटौन’ सार्वजनिक appeared first on Tej Nepal.

]]>

काठमाडौं १० चैत्र । तेज नेपाल

तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘रुमाल साटौंन’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा एरेन्ज महाराज थापा, मिक्सिङ मास्टरिङ नरेश बिबिसिको रहेको छ ।

प्राकृतिक सुन्दरताले भरिएको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा अजय थिङ, रश्मिला तामाङ, छिरिङ थिङ लगायतको अभिनय रहेको छ भने छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अमृत चापागाईं, निर्देशन प्रतिक नगेस्युरको रहेको छ ।

The post निमा पाख्रिन लामाको ‘रुमाल साटौन’ सार्वजनिक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be/feed/ 0
राजेन्द्र खडगी अभिनित ‘गंसी’ सार्वजनिक, भुपेन्द्र बज्राचार्यको निर्देशन https://tejnepal.com/281/ https://tejnepal.com/281/#respond Sat, 21 Mar 2026 16:37:07 +0000 https://tejnepal.com/?p=281 काठमाडौँ, चैत ६ | तेज नेपाल अभिनेता राजेन्द्र खडगी अभिनित तथा भुपेन्द्र बज्राचार्यको निर्देशनमा तयार नेपाल भाषा गीत ‘गंसी’ सार्वजनिक गरिएको छ। अमर चित्रकार र सरिता महर्जनको सुमधुर स्वरमा सजिएको…

The post राजेन्द्र खडगी अभिनित ‘गंसी’ सार्वजनिक, भुपेन्द्र बज्राचार्यको निर्देशन appeared first on Tej Nepal.

]]>
काठमाडौँ, चैत ६ | तेज नेपाल

अभिनेता राजेन्द्र खडगी अभिनित तथा भुपेन्द्र बज्राचार्यको निर्देशनमा तयार नेपाल भाषा गीत ‘गंसी’ सार्वजनिक गरिएको छ।

अमर चित्रकार र सरिता महर्जनको सुमधुर स्वरमा सजिएको उक्त गीत सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो चर्चा बटुल्न सफल भएको छ। गीत र यसको भिडियोले मौलिकता र सांस्कृतिक झल्को प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको निर्माण पक्षले जनाएको छ।

गीतका रचनाकार तथा संगीतकार भुपेन्द्र बज्राचार्यका अनुसार नेपाल भाषा कमैले बुझ्ने भए पनि यसको संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन्। “भाषा भनेको जीवित इतिहास हो,” उनले भनेका छन्। तीन दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय बज्राचार्यले विगतमा आफ्नो ब्याण्डमार्फत ‘लजालु मुस्कानले प्रियसी’ जस्ता चर्चित गीतहरू दर्शकमाझ ल्याएका थिए।

उनी एक सक्षम गिटारवादक, संगीत गुरु तथा संयोजकका रूपमा समेत परिचित छन्। हाल पनि उनी गीत–संगीत सिर्जना तथा संयोजनमा सक्रिय रहँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।

सार्वजनिक गीत ‘गंसी’को भिडियो निर्देशन पनि स्वयं बज्राचार्यले गरेका हुन्। भिडियोमा राजेन्द्र खडगीसँगै अमर चित्रकार, आराध्या लक्ष्मी, भुपेन्द्र बज्राचार्य, भेष महर्जन, सुनेस शाक्य, राम चित्रकार, रविन्द्र शाक्य, चिरिबाबु महर्जन, राजेन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, निरज प्रधान, मोहिदिन खान, विक्रम खडगी र श्याम महर्जन लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन सुनिल भण्डारी, राम चित्रकार र सुबृना चित्रकारले गरेका हुन् भने सम्पादन अमर चित्रकारले गरेका छन्। आराध्या लक्ष्मी खड्गीको कोरियोग्राफी तथा रूपा मानन्धरको मेकअप रहेको भिडियोले सांस्कृतिक सौन्दर्यलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

उक्त म्युजिक भिडियो ‘RB Music Nepal’ को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

The post राजेन्द्र खडगी अभिनित ‘गंसी’ सार्वजनिक, भुपेन्द्र बज्राचार्यको निर्देशन appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/281/feed/ 0
गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी” https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/ https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/#respond Sat, 21 Mar 2026 05:44:24 +0000 https://tejnepal.com/?p=278 काठमाडौ, चैत ६ तेज नेपाल नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण…

The post गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी” appeared first on Tej Nepal.

]]>
काठमाडौ, चैत ६ तेज नेपाल

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने माध्यम र प्लेटफर्म राम्रो बनेको छ । गायिका पुनम बस्याल भन्छिन् मैले अनावश्यक टडकभडक छाडा र कसरी भाइरल या छिटो परिचय बन्छ भनेर त्यस्तो सटकट कहिल्यै सोचिन सधैं मौलिकताको बाटो पछ्याए यसैकारण म पछाडि परे ।

उसो त मलाई केही छिन भाइरल भएर यो क्षेत्र बाट हराउन मन थिएन मौलिकता लाई नै प्राइरिटी दिएर निरन्तर संगीत साधनामा लागीरहे म,मलाई बिपत्तै भाइरल हुनु र चर्चाको भोक कहिल्यै लागेन मेरो गीत सिर्जना सुन्ने जतिपनी दर्शक श्रोता हुनुहुन्छ मलाई माया गरिरहनु भएको छ मलाई यहि प्रयाप्त छ । हालसम्म करिब दुइ दर्जन गीतहरू रेकर्डिङ गरि आफ्नो आवाज दिएकी पुनम

सानै उमेर देखि गीतसंगीत भनेपछि हुरुक्क हुने गर्थिन स्कुले जीवन देखिनै मीठो गाउथिन स्कुल का विभिन्न सांगीतिक कार्यक्रममा गीत गाएर पुरस्कार थाप्दाको खुशी अरुले दिएको हौसला अझै बिर्सिएकी छैनन् । उजेली,कुरा बुझिसके,सुनामी,चलाउ अभियान ,नारायण लगायतका थुप्रै उनले सिर्जना र स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकपि्रयता कमाइसकेका छ्न् ।
भर्खरै मात्र उनै गायिका पुनम र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत नारायण हरिहरी सार्वजनिक भएको छ ।

गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छ्न भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रो मा झुन्डिन सक्ने ओझिला शब्द लाई पुनमले कलेक्सन गरेकी छिन् । पुर्ण संयोग को म्युजिक एरेन्जमा तयार भएको यश भजनको म्युजिक भिडियोलाइ राजु अर्यालले निर्देशन प्रबिण थापाले कोरियिग्राफ हरिस महराले छायांकन त्यसैगरी नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् ।
भजनको म्युजिक भिडियोमा पुनम बस्याल ,फ्रेन्सिअ बस्याल रेखा भट्टराई,शंकर शाही ठकुरी ,प्रमिला गहतराजरेखा भट्टराई साधना अर्याल,लगायतको अभिनय नृत्य देख्न पाइन्छ ।

गीत पुनम बस्याल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गीतको लिंक :

The post गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी” appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/feed/ 0
नेपाल चलचित्र कलाकार संघको चुनावी माहोल तातिँदै https://tejnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98/ https://tejnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98/#respond Thu, 19 Mar 2026 04:19:36 +0000 https://tejnepal.com/?p=270 काठमाण्डौ, चैत्र ५ तेज नेपाल नेपाल चलचित्र कलाकार संघको २१औँ साधारण सभा तथा चुनावी अधिवेशन आउँदो २८ चैतमा काठमाडौंमा हुने तय भएसँगै संघभित्र चुनावी सरगर्मी तीव्र बनेको छ। अध्यक्ष पदका…

The post नेपाल चलचित्र कलाकार संघको चुनावी माहोल तातिँदै appeared first on Tej Nepal.

]]>
काठमाण्डौ, चैत्र ५ तेज नेपाल

नेपाल चलचित्र कलाकार संघको २१औँ साधारण सभा तथा चुनावी अधिवेशन आउँदो २८ चैतमा काठमाडौंमा हुने तय भएसँगै संघभित्र चुनावी सरगर्मी तीव्र बनेको छ।

अध्यक्ष पदका लागि अहिले उत्तम केसी र सबिन श्रेष्ठ बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ। दुवै जनाले औपचारिक घोषणा नगरे पनि आन्तरिक रूपमा लबिङ सुरु गरिसकेका छन्।

यस्तै, वर्तमान अध्यक्ष मोहन निरौला ले परिस्थितिको मूल्याङ्कन गर्दै केही दिनपछि आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका छन्। पूर्व अध्यक्ष रवीन्द्र खड्का ले भने मोहन निरौलाको समर्थन आफूलाई रहेको दाबी गर्दै पुनः अध्यक्षमा उम्मेदवारी दिन सक्ने सम्भावना औंल्याएका छन्।

अन्य पदहरूमा पनि आकांक्षीहरू देखिन थालेका छन्। महासचिव पदका लागि वर्तमान सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल र पूर्व सचिव पनाह अधिकारी बीच प्रतिस्पर्धा हुने देखिएको छ।

सचिव पदमा भने कार्यसमिति सदस्य गोपाल ढकाल ‘छन्दे’ले उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यस्तै, सह–कोषाध्यक्ष पवित्रा आचार्य ले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् भने कार्यसमिति सदस्य रोशन श्रेष्ठ ले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

अधिवेशन मिति नजिकिँदै जाँदा संघभित्रको चुनावी गतिविधि अझै तीव्र र रोचक बन्ने देखिएको छ।

The post नेपाल चलचित्र कलाकार संघको चुनावी माहोल तातिँदै appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%98/feed/ 0