राष्ट्रिय Archives – Tej Nepal https://tejnepal.com/category/sports_news/national_sports/ ताजा समाचार तुरुन्तै Tue, 24 Mar 2026 07:25:41 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg राष्ट्रिय Archives – Tej Nepal https://tejnepal.com/category/sports_news/national_sports/ 32 32 सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/ https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/#respond Tue, 24 Mar 2026 05:24:13 +0000 https://tejnepal.com/?p=297 भक्तपुर, चैत्र १० । तेज नेपाल सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८…

The post सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने appeared first on Tej Nepal.

]]>
भक्तपुर, चैत्र १० । तेज नेपाल

सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक भक्तपुर जिल्लाभित्रका क्लब, संघ तथा संस्थाहरूलाई चैत १६ गतेभित्र आवश्यक फारम भरी नगर खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आह्वान गरिएको छ। प्रतियोगिताको समय र खेलस्थल भने पछि सार्वजनिक गरिने बताइएको छ।

प्रतियोगितामा विजेता टोलीले रु. ६० हजार, उपविजेताले रु. ३० हजार, तेस्रो हुने टोलीले रु. २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही रु. १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने र खेलकुद क्षेत्रलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

The post सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/feed/ 0
तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न https://tejnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ https://tejnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/#respond Wed, 04 Mar 2026 06:13:04 +0000 https://tejnepal.com/?p=204 सूर्यविनायक सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता…

The post तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न appeared first on Tej Nepal.

]]>
सूर्यविनायक

सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काको सभापतित्व रहेको थियो। विशिष्ट अतिथिमा उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई) सहभागी हुनुहुन्थ्यो। उद्घाटन समारोहमा राष्ट्रिय झण्डा फहराइँदै कार्यक्रम सुरु गरिएको थियो भने विभिन्न विद्यालयका स्वागत नृत्य तथा स्काउट मार्चपास प्रतियोगिताले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

प्रमुख अतिथि नगर प्रमुख थापाले सबै वडामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने र खेलकुद विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

The post तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/feed/ 0
सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8/ https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8/#respond Wed, 04 Mar 2026 06:04:36 +0000 https://tejnepal.com/?p=196 भक्तपुर, तेजनेपाल सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर…

The post सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न appeared first on Tej Nepal.

]]>
भक्तपुर, तेजनेपाल

सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा ज्यू रहनुभएको थियो।

कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा सदस्यहरू, पत्रकार, खेलप्रेमी र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरी प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। त्यसैगरी, बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७–० ले हराउँदै तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरी प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। त्यसैगरी, बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७–० ले हराउँदै तृतीय स्थान हासिल गरेको छ। विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र मेडलद्वारा सम्मान गरिएको थियो। पुरस्कारमा प्रथम पुरस्कार: नगद रु. २०,०००, ट्रफी र मेडल, द्वितीय पुरस्कार: नगद रु. १५,०००, ट्रफी र मेडल, तृतीय पुरस्कार: नगद रु. १०,०००, ट्रफी र मेडल, उत्कृष्ट खेलाडी: ट्रफी र नगद रु. ५,०००, नगर उत्कृष्ट गोलकिपर: ट्रफी र नगद रु. ५,००० रहेको छ । कार्यक्रमले नगरभित्रको खेलकुदको विकास, युवाहरूको सहभागिता र आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।

The post सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8/feed/ 0