खेलकुद Archives – Tej Nepal https://tejnepal.com/category/sports_news/ ताजा समाचार तुरुन्तै Thu, 21 May 2026 08:09:52 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg खेलकुद Archives – Tej Nepal https://tejnepal.com/category/sports_news/ 32 32 फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) https://tejnepal.com/%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%a4/ https://tejnepal.com/%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%a4/#respond Thu, 21 May 2026 08:09:51 +0000 https://tejnepal.com/?p=636 काठमाडौ, वैशाख ७ । तेजनेपाल फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) समूह ए मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण…

The post फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) appeared first on Tej Nepal.

]]>
काठमाडौ, वैशाख ७ । तेजनेपाल
फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)
समूह ए
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण अफ्रिका मध्यराति १२:४५ बजे
जेठ २९ गते दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक विहान ७:४५ बजे
असार ४ गते चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका राती ९:४५ बजे
असार ५ गते मेक्सिको भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते दक्षिण अफ्रिका भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते चेक रिपब्लिक भर्सेस मेक्सिको विहान ६:४५ बजे
समूह बी
क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, स्वीट्जरल्यान्ड, कतार
जेठ ३० गते क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
जेठ ३१ गते कतार भर्सेस स्वीट्जरल्यान्ड मध्यराति १२:४५ बजे
असार ५ गते स्वीट्जरल्यान्ड भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
असार ५ गते क्यानडा भर्सेर कतार विहान ३:४५ बजे
असार ११ गते स्वीट्जरल्यान्ड भर्सेस क्यानडा मध्यराति १२:४५ बजे
असार ११ गते बोस्निया एण्ड हर्जगोभिना भर्सेस कतार मध्यराति १२:४५ बजे
समूह सी
ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१ गते ब्राजिल भर्सेस मोरोक्को विहान ३:४५ बजे
जेठ ३१ गते हाइटी भर्सेस स्कटल्यान्ड विहान ६:४५ बजे
असार ६ गते स्कटल्यान्ड भर्सेस मोरोक्को विहान ३:४५ बजे
असार ६ गते ब्राजिल भर्सेस हाइटी विहान ६:१५ बजे
असार ११ गते मोरोक्को भर्सेस हाइटी विहान ३:४५ बजे
असार ११ गते स्कटल्यान्ड भर्सेस ब्राजिल विहान३:४५ बजे
समूह डी
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३० गते अमेरिका भर्सेस पाराग्वे विहान ६:४५ बजे
जेठ ३१ गते अष्ट्रेलिया भर्सेस टर्किए विहान ९:४५ बजे
असार ६ गते अमेरिका भर्सेस अष्ट्रेलिया मध्यराति १२:४५ बजे
असार ६ गते टर्किए भर्सेस पाराग्वे विहान ८:४५ बजे
असार १२ गते टर्किए भर्सेस अमेरिका विहान ७:४५ बजे
असार १२ गते पाराग्वे भर्सेस अष्ट्रेलिया असार १२ गते विहान ७:४५ बजे
समूह इ
जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१ गते जर्मनी भर्सेस कुराकाओ राती १०:४५ बजे
असार १ गते आइभरीकोष्ट भर्से इक्वेडर विहान ४:४५ बजे
असार ७ गते जर्मनी भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार ७ गते इक्वेडर भर्सेस कुराकाओ विहान ५:४५
असार १२ गते कुराकाओ भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार १२ गते इक्वेडर भर्सेस जर्मनी विहान १:४५ बजे
सम

The post फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%a4/feed/ 0
सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/ https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/#respond Tue, 24 Mar 2026 05:24:13 +0000 https://tejnepal.com/?p=297 भक्तपुर, चैत्र १० । तेज नेपाल सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८…

The post सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने appeared first on Tej Nepal.

]]>
भक्तपुर, चैत्र १० । तेज नेपाल

सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक भक्तपुर जिल्लाभित्रका क्लब, संघ तथा संस्थाहरूलाई चैत १६ गतेभित्र आवश्यक फारम भरी नगर खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आह्वान गरिएको छ। प्रतियोगिताको समय र खेलस्थल भने पछि सार्वजनिक गरिने बताइएको छ।

प्रतियोगितामा विजेता टोलीले रु. ६० हजार, उपविजेताले रु. ३० हजार, तेस्रो हुने टोलीले रु. २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही रु. १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने र खेलकुद क्षेत्रलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

The post सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa/feed/ 0
तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न https://tejnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ https://tejnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/#respond Wed, 04 Mar 2026 06:13:04 +0000 https://tejnepal.com/?p=204 सूर्यविनायक सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता…

The post तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न appeared first on Tej Nepal.

]]>
सूर्यविनायक

सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काको सभापतित्व रहेको थियो। विशिष्ट अतिथिमा उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई) सहभागी हुनुहुन्थ्यो। उद्घाटन समारोहमा राष्ट्रिय झण्डा फहराइँदै कार्यक्रम सुरु गरिएको थियो भने विभिन्न विद्यालयका स्वागत नृत्य तथा स्काउट मार्चपास प्रतियोगिताले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

प्रमुख अतिथि नगर प्रमुख थापाले सबै वडामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने र खेलकुद विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

The post तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/feed/ 0
सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8/ https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8/#respond Wed, 04 Mar 2026 06:04:36 +0000 https://tejnepal.com/?p=196 भक्तपुर, तेजनेपाल सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर…

The post सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न appeared first on Tej Nepal.

]]>
भक्तपुर, तेजनेपाल

सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा ज्यू रहनुभएको थियो।

कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा सदस्यहरू, पत्रकार, खेलप्रेमी र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरी प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। त्यसैगरी, बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७–० ले हराउँदै तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरी प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। त्यसैगरी, बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७–० ले हराउँदै तृतीय स्थान हासिल गरेको छ। विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र मेडलद्वारा सम्मान गरिएको थियो। पुरस्कारमा प्रथम पुरस्कार: नगद रु. २०,०००, ट्रफी र मेडल, द्वितीय पुरस्कार: नगद रु. १५,०००, ट्रफी र मेडल, तृतीय पुरस्कार: नगद रु. १०,०००, ट्रफी र मेडल, उत्कृष्ट खेलाडी: ट्रफी र नगद रु. ५,०००, नगर उत्कृष्ट गोलकिपर: ट्रफी र नगद रु. ५,००० रहेको छ । कार्यक्रमले नगरभित्रको खेलकुदको विकास, युवाहरूको सहभागिता र आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।

The post सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8/feed/ 0
WKKO अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडीको शानदार प्रदर्शन https://tejnepal.com/wkko-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ab%e0%a5%81%e0%a4%b2-%e0%a4%95%e0%a4%a8%e0%a5%8d/ https://tejnepal.com/wkko-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ab%e0%a5%81%e0%a4%b2-%e0%a4%95%e0%a4%a8%e0%a5%8d/#respond Wed, 04 Mar 2026 05:54:55 +0000 https://tejnepal.com/?p=190 राँची– भारतको झारखण्ड राज्यस्थित राँची शहरमा शनिवार तथा आइतवार (जनवरी ३ तथा ४, २०२६) मा सम्पन्न WKKO International Full Contact Karate Championship–2026 मा Nepal Kyokushin-Seishin Karate (WKKO-Nepal) मा नेपाली टोलीले…

The post WKKO अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडीको शानदार प्रदर्शन appeared first on Tej Nepal.

]]>
राँची– भारतको झारखण्ड राज्यस्थित राँची शहरमा शनिवार तथा आइतवार (जनवरी ३ तथा ४, २०२६) मा सम्पन्न WKKO International Full Contact Karate Championship–2026 मा Nepal Kyokushin-Seishin Karate (WKKO-Nepal) मा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गरेको छ । विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीहरूले कुल ८ स्वर्ण, ३ रजत तथा ४ कास्य पदक जित्न सफल भएका छन् ।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोली World Kyokushin Kai Karate Federation का उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघका अध्यक्ष एवं नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा ३२ जनाको टोलीको सहभागी भएको थियो ।

उक्त नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका खेलाडीहरूको विदाई कार्यक्रम राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी सदस्य भानुबहादुर चन्द, बोर्ड सदस्यहरू जगत सिंह धामी, हिमाल श्रेष्ठ, जगत तमटा तथा नेपाल कन्ट्याक्ट कराते महासंघका पदाधिकारीहरूले शुभकामनासहित भव्य विदाई गरिएको थियो ।

नेपाली खेलाडीहरूको यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेईसिन कराँतेको स्तर र क्षमतालाई थप उजागर गरेको छ । यस सफलताले आगामी दिनमा नेपाली खेलाडीहरूलाई अझ ठूलो प्रेरणा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ ।

साथै उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीहरुमा सन्तोष गुप्ता, राजकुमार तामाङ, जयराम तामाङ, सम्पूर्ण महर्जन, छविलाल खड्का तथा अफिसियलमा राजन तामाङले सहभागिता जनाएको थियो ।

स्वर्ण पदक जित्ने खेलाडीहरू

१. शनि सिं (ओपन वेट)

२. प्रविण माझी (६० केजी)

३. भुपेन्द्र बहादुर ओली (५५ केजी)

४. निग्मल तामाङ (१३–१४ वर्ष उमेर समूह)

५. मञ्जु बीके (लेडीज ओपन)

६. बिन्दु चौधरी (५५ केजी)

७. मनिता राई (५० केजी)

८. अञ्जिला श्रेष्ठ (१८ वर्ष मुनि उमेर समूह) रहेका छन् ।

रजत पदक विजेतामा

१. विकाश गुरुङ (ओपन वेट)

२. बिष्णु थापा मगर (६० केजी)

३. निशा केसी (लेडीज ५० केजी) छन् ।

कास्य पदक प्राप्त गर्ने खेलाडीहरूमा

१. रबिन्द्र लोहार (ओपन वेट)

२. अभय राउत (५० केजी)

३. अनिशा गोले (१३–१४ वर्ष उमेर समूह)

४. प्रकृति लिगल (११–१२ वर्ष उमेर समूह) रहेका छन् ।

The post WKKO अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडीको शानदार प्रदर्शन appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/wkko-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ab%e0%a5%81%e0%a4%b2-%e0%a4%95%e0%a4%a8%e0%a5%8d/feed/ 0