व्यापार Archives – Tej Nepal https://tejnepal.com/category/business_news/ ताजा समाचार तुरुन्तै Wed, 04 Mar 2026 06:10:30 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg व्यापार Archives – Tej Nepal https://tejnepal.com/category/business_news/ 32 32 मध्यपुर थिमीमा MEDPA कार्यक्रम अन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम शुभारम्भ https://tejnepal.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%a5%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-medpa-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ https://tejnepal.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%a5%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-medpa-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0/#respond Wed, 04 Mar 2026 06:10:30 +0000 https://tejnepal.com/?p=201 मध्यपुर थिमी मध्यपुर थिमी नगरपालिका– उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सीप विकास तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ। हालै मध्यपुर थिमी नगरपालिका–३ स्थित…

The post मध्यपुर थिमीमा MEDPA कार्यक्रम अन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम शुभारम्भ appeared first on Tej Nepal.

]]>
मध्यपुर थिमी

मध्यपुर थिमी नगरपालिका– उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सीप विकास तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ। हालै मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा आयोजित कार्यक्रममा एड्भान्स पार्लर, बेसिक रेजिन आर्ट तथा साबुन उत्पादन बेसिक सम्बन्धी तालिम सुरु गरिएको हो। स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिम MEDPA कार्यक्रमअन्तर्गतका विभिन्न सीपमूलक तालिम योजनामध्ये एक हो। कौशलटार जीएम ब्युटी सैलुनको आंगनमा सञ्चालन हुने यस तालिममा ३० जना भन्दा बढी महिलालाई समूहगत रूपमा सहभागी गराइएको साथै विगतका वर्षदेखि यस प्रकारको विभिन्न तालिमहरु सञ्चालन गराउने अवसर पाएको मध्यपुर थिमी नगरपालिका लगयत सम्पुर्ण सहयोगी हातहरुमा हार्दिक आभार व्यक्त गर्न चाहेको कुरा एड्भान्स पार्लर तालिमकी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय कस्माटोलोजिस्ट मन्दिरा खड्का हायुले जानकारी दिनुभयो। उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्णहरि आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा नं. ३ की वडा सदस्य तथक उधम विकास समितिकी सदस्य निर्मला परियार, रोजगार संयोजक अरुणा कार्की, लघु उद्यमशीलता कार्यक्रमकी सहजकर्ता शोभा राउत, सिनियर कस्माटोलोजिस्ट तथा जीएम ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्का, रेजिन आर्टका प्रशिक्षक शोख असरक, साबुन निर्माणका प्रशिक्षक मैयाँ दाहाललगायत विभिन्न विशिष्ट व्यक्तित्व, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले यस्ता सीपमूलक तालिम कार्यक्रम नियमित रूपमा सञ्चालन भए स्थानीय तहमा स्वरोजगार सिर्जना हुने, महिलाहरू आत्मनिर्भर बन्ने र वैदेशिक रोजगारीतर्फ जानुपर्ने बाध्यता घट्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमको दीर्घकालीन प्रभावलाई मध्यनजर गर्दै आवश्यक बजेटका लागि सरकारसँग पहल गर्ने तथा व्यक्तिगत तथा संस्थागत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई अझ प्राथमिकताका साथ तीव्र रूपमा अगाडि बढाइने तथा उद्दम गर्न चाहने तर आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमलाई समापन गर्दै उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितज्युले यो कार्यक्रमले समग्र महिलाको स्तरोन्नती आर्थिक उन्नती साथै सीप विकासमा पनि थप टेवा पुर्‍याउने र यस्तो खालको तालिमको सक्दो फाइदा उठाई आत्मनिर्भर बन्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन उधम विकास सहजकर्ता शोभा राउतले गर्नु भएको थियो ।

The post मध्यपुर थिमीमा MEDPA कार्यक्रम अन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम शुभारम्भ appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%a5%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-medpa-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0/feed/ 0